काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १४ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार सात दशमलव ५० अंकले उकालो लागेर २५ सय ९७ दशमलव ८० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९२ अंकले उकालो लागेर चार सय ५६ दशमलव ८६ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ७१ वटा कम्पनीहरुको ३९ हजार पाँच सय ९५ पटकको कारोबारमा ९४ लाख ६९ हजार ९९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ५६ करोड २९ लाख ५० हजार सात सय रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन र उत्पादनमुलक उपसमुहको सुचक खुम्चिएका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।