काठमाडौं । काठमाडौं महानगरपालिका–२२ विद्युत्प्राधिकरणको कार्यालय अगाडि अकाशे पुल मुनि बा.प्र.०१–००२ ज ७०१२ नम्बरको माइक्रो बसको ठक्करबाट पैदलयात्री बुढानीलकण्ठ नगरपालिका–७ बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–७ घर भएका ७३ वर्षीय माधव प्रसाद खनालको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार माइक्रो बस चालकको खोजी गरिररहेको छ ।
झापाको बिर्तामोड नगरपालिका–३ दृष्टि आँखा अस्पताल अगाडि सडकमा बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको प्र१–०१–००१ क १०१३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ बस्ने ७० वर्षीया लिलामाया बुढाथोकीको मृत्यु भएको छ । मंगलबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।