काठमाडौं । घुस लिएको आरोपमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ ।

व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आठ वर्ष कैद सजाय तोकेको हो । व्यवसायी दिपक आनन्दलाई पनि विशेष अदालतले घुस दिएको आरोपमा आठ वर्षकै कैद सजाय तोकेको छ ।