काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल जारी रहेको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।

राप्रपाका अध्यक्ष लिङदेनको साथमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रतिनिधिसभा सदस्य खुश्बु ओली सहभागी रहेको छलफल मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको बताइएको छ ।