काठमाडौ । नेपालमा दुई नयाँ बजाज चेतक मोडलहरू भित्र्याउने तयारी गरिएको छ । नेपाली बजारमा चेतक सी२५०१ र चेतक सी३५०३ सार्वजानिक गर्न लागिएको हो ।
कम्पनीका अनुसार चेतक सी२५०१ तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हुने अपेक्षा गरिएको छ । यसमा २.५ किलोवाट आवरको ब्याट्री, ११३ किलोमिटरको आईडीसी रेन्ज, प्रतिघण्टा ६० किलोमिटरको उच्च गति र ४ घण्टाको चार्जिङ समय रहनेछ । यस्तै चेतक सी३५०३ लाई भने प्रिमियम मोडलका रूपमा हेरिएको छ । ३.५ किलोवाट आवरको ब्याट्री जडान गरिएको यो स्कुटरले १५३ किलोमिटरसम्मको आईडीसी रेन्ज दिनेछ । साथै, यसमा डिजिटल डिस्प्ले र थुप्रै स्मार्ट फिचरहरू समावेश हुनेछन् । बजाज नेपालले नेपाली बजारका लागि यसको मूल्य र सार्वजनिक हुने समय छिट्टै सार्वजानिक गर्ने जनाएको छ । आगामी अगस्टमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ यी दुवै नयाँ मोडलहरू सोही अटो शोमा सार्वजनिक हुनसक्ने जनाइएको छ ।