खार्तुम, दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मझदुरको मृत्यु हुनुका साथै धेरै बेपत्ता भएको जनाइएको छ । मंगलबार पश्चिम कोर्डोफानको एल–नाहुद सहर नजिकैको अल–जारा सुनखानी भत्किय पछिको उद्धार अभियानमा ६० जनाको शव बरामद गरिएको जनाइएको छ ।
रातभरि उद्धार अभियानमा सहभागी भएपछि दुर्घटनामा बाँच्न सफल भएकाले अझै कति जना मजदुर खानी भित्रै फसिरहेको जनाएका छन् । सन् २०२३ अप्रिलमा सुडानको सेना र अर्धसैनिक द्रुत समर्थन बलबीच युद्ध सुरु भएदेखि, दुवै पक्षको युद्ध प्रयासबीच विदेशी समर्थकका अतिरिक्त सुन उद्योगद्वारा वित्त पोषित गरिएको जनाइएको छ ।
द्वन्द्वले सुडानको पहिले नै कमजोर अर्थतन्त्रलाई तहसनहस पारेको छ भने देशका धेरै भागलाई प्रभावित बनाएको छ । दुर्घटनामा परी बाच्ँन सफल भएकाले अहिलेसम्म ६० जनाको शव निकालिएको पुष्टि गर्दै अझै धेरै जना कामदार खानीको भग्नाबसेसमा पुरिएको जनाएका छन् । सुडान विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापनको सङ्कटबाट गुज्रिरहेको छ भने हाल लगभग दुई करोड मानिसले भोकमरीको सङ्कटको सामना गरिरहेका छन् ।