काठमाडौं, अपि पावर कम्पनीको खुद नाफा १३० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १३० दशमलब ०६ प्रतिशतले बढेर ९६ करोड ६ लाख पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४१ करोड ७५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी एक अर्ब ६५ करोडबाट बढेर एक अर्ब ७६ करोड पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा ९० करोड ८७ लाखबाट बढेर एक अर्ब आठ करोड पुगेको छ । कम्पनीको ब्याज खर्च ५७ करोड सात लाखबाट घटेर ४३ करोड ३० लाख कायम भएको छ ।
कम्पनीको प्रशासनिक खर्च चार करोड ८८ लाखबाट घटेर तीन करोड आठ लाखमा सीमित भएको छ । कम्पनीले गरेको लगानीको भ्यालुएसन १२ करोड १७ लाखबाट बढेर ४७ करोड ४१ लाख पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ दशमलव ८७ रुपैयाँबाट बढेर १५ दशमलब ०६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११० दशमलव १२ रुपैयाँबाट बढेर ११९ दशमलव ५१ रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको चुक्ता पुँजी छ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने रिटेन अर्निङमा एक अर्ब २४ करोड ४५ लाख रुपैयाँ रहेको छ ।