काठमाडौं। कर्मचारी सञ्चय कोषको प्रशासक नियुक्ति प्रक्रिया निर्णायक चरणमा पुगेका बेला अनिवार्य अवकासका कारण प्रतिष्प्रधिमध्ये हालका का.मु प्रशासक जीवन कटवाल उमेरहदको कारण स्वत अवकास हुने अबस्थामा पुगेका छन् । कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार प्रशासक हुन कोषमा कार्यरत बाहालबाला कर्मचारी हुनु पर्ने प्राबधान रहेको छ । कोषमा प्रशासक हुनका लागि निज कटुवालले शक्तिकेन्द्रहरु धाइरहेको र कोषका कर्मचारी संघ संगठनहरुलाई उचालिरहेका छन् ।
सुशासन र सुन्य भ्रष्टचारको नारा दिएर बनेको सरकारले यीनै जीवन कटवाललाई प्रशासक नियुक्ती गर्न लागिरहेको विशेस सुत्रले बताएको छ । झण्डै छ खर्ब पुँजी रहेको यस संस्थाले सहि नेतृत्वपाउन सकेको खण्डमा देशका ऊर्जा, पर्यटन तथा अन्य पूर्वाधारको क्षेत्रमा कायापलट गर्न सक्ने र आन्तरीक पुजीँ परिचालन मार्फत सरकारको उद्देश्य पनी हाँसिल गर्न सक्ने वित्तिय विस्लेषकहरु बताउँछन् ।
कर्मचारी संघमा आवद्ध हुँदै ११ तहसम्म पुगेका निज कटवालले दैनिक कार्य संचालनका कार्य बाहेक कोषलाई ठोस टेवा पुग्ने खालका कामहरु र निर्णयहरु गर्न नसकेको कोषमा कार्यारत उच्च तहका कर्मचारीहरु बताउँछन् । काण्डै काण्डमा मुछिएका यीनै कटवाललाई प्रशासकमा नियुक्त गर्ने सरकारको तयारी देख्दा जुन जोगी आए पनी कानै चिरेको भन्ने नेपाली उखान चरिचार्थ हुने पक्का देखिन्छ। यस अगाडी पनी गम्भिर त्रुटि गर्दै आएको अर्थ मन्त्रालयले अहिले पनी नगर्ला भन्न सकिँदैन । यसले स्वयम अर्थ मन्त्री स्वर्णिम वाग्लेको कार्य क्षमतामा पनी गम्भीर प्रश्न उठ्ने निश्चित छ ।