नेपालमा पनि क्रान्ति भएको हो । भुरेटाकुरे राजा रजौटा ससाना कविले राजयलाई एकीकरण गरेर विशाल राज्य नेपालको निर्माण र विकास स्व.राजा पृथ्वीनारायण शाहले गरेको नेपालको इतिहासमा एउटा सत्यका आधारमा विश्वसनीय किम्बदन्ती प्रख्यात छ । काशीमा गएर हतियार किनेर ल्याउने खर्च गोरखा राज्यका प्रत्येक धुरीबाट एक रुपैयाँ उठाएर पुगिहाल्छ नि ! भनेर आफ्नो भागको एक रुपैयाँ दिँदा राजा रिसाएका थिएर आखिर बनारस जाने हतियार ल्याउने, गोर्खालीले नेपाल हाक्ने काम भयो । नेपाल एकीकरणका कथाव्यथा धेरै छन् । त्यसपछि २००७ सालको आन्दोलन र क्रान्ति त क्रान्ति नै हो ।
संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र यसका आधारभूत मान्यता थिए । दिल्ली पुगेपछि २००७ सालको क्रान्ति तुहियो राजा त्रिभुवन भारतीय प्रधानमन्त्री र नेपालका मातृका कोइरालाबीच त्रिपक्षीय वार्ता र सम्झौता भयो । २००७ सालको क्रान्तिको नेता विश्वेश्वर प्रसाद कोइरालालाई बाइपास गरियो । क्रान्ति भनेको सत्तापरिवर्तन मात्र होइन । देशको सर्वाङ्गीण विकास गर्नु आमूल परिवर्तन हो । २००७ सालका त्यो रेखा कोरेको थियो । त्यो हुन सकेन । नेपालको क्रान्ति असफल भयो रुसी क्रान्तिलाई के भन्ने ? त्यो पनि लेलिनपछि समाज परिवर्तनको पक्षमा अगाडि बढ्न सकेन, सत्ता परिवर्तनकै खेलमा रुमलियो र टुक्राटुक्रा भयो । नेपालले सुगौली सन्धि अघिको नेपाललाई दाबी गर्दा वर्तमान नेपालमा झण्डै भारतका २० करोड जनता भित्रिने मोटामोटी अनुमान छ । त्यसले वर्तमान नेपालको भौगोलिक, स्वतन्त्रता र अखण्डता स्वत समाप्त हुने हो । भारत र चीनको झगडाको केन्द्रविन्दु नेपाल बन्ने निश्चित छ, गोर्खालीहरुले पश्चिममा कुमाउ, गलवाड र कागडा टिष्टा कितेकै हुन । पूर्वमा दार्जलिङ सिक्किम पनि जितेकै हुन् । भारतले हरेक वर्ष हाम्रा कति सीमा पिलर गायब गर्छ उसले कुमाउ , गढवाल, दार्जिलिङ सिक्किम के दला ? यो आशात मृगमरिचिका नै हो ।
स्व. राजा महेन्द्रले केही प्रयास गरेकै हुन् । तर लिपुलेकबाट भारतीय सेना हटाउन सकेनन् । खम्बा विद्रोहलाई दमन गरेर तिब्बतको स्वतन्त्रता आन्दोलनलाई निस्तेज मात्र पारे, आज लिपुलेक हाम्रो चाकको पिलो भएको छ । सुर्खेत तिरको मान सरोवरको पर्यटकीय आम्दानी हृवात्तै घट्नेछ । लिपुलेकलाई चीन र भारतले द्विपक्षीय व्यापारिक क्षेत्र बनाउने योजनामा अघि बढिसके । नेपाल हेरेको हेरै भो ।
हाम्रा लागि त दिल्ली सम्झौता अभिसाप भयो । नेहरुले यत्रो ठूलो षडयन्त्र गर्छन् भन्ने कसैले सोचेका थिएनन् । नेपालका सोकल बामपन्थी दिल्ली सम्झौता धोखाही भनेर चिच्याउछन् र कांग्रेस विशेष गरी विश्वेश्वर प्रसाद कोइरालालाई खलनायक बनाउँछन् ।
तर दिल्ली सम्झौता नेहरु त्रिभुवन र मातृका बीच भयो । त्यो वार्तामा विचरा बीपी त साक्षी किनारा पनि बस्न पाएनन् । राजा त्रिभुवनको मृत्युपछि राजा महेन्द्रले जुन कदम चाले त्यो त झनै ठूलो नेपाली राजनीतिमा प्रत्युत्पादक सिद्ध भयो विशेष गरेर राष्ट्रियता र प्रजातन्त्रका लागि बीपी र गणेशमानलाई जेलमा हालेर तुलसी गिरी र विश्वबन्धु थापालाई अघि बढाउने मोहरा नै नेपालका लागि घातक भयो । कांग्रेस र दरबारका पञ्च मिलेर अघि बढ्ने वातावरण पनि सूर्य बहादुर थापाले हुन दिएनन् । एमाले, मसाले, मण्डलेलाई एकै हुन् भनेर कांग्रेसका विरोधभाष बनाएर माले, मसालेलाई बलियो पारे । त्यसबाट माओवादी जन्मियो । नेपाली कांग्रेसको समाजवाद र प्रजातन्त्र कता हरायो कता हरायो । हिजो आज कांग्रेसको समाजवाद र प्रजातन्त्र कता हरायो कता हरायो ? हिजो आज कांग्रेस दिसा विहीन,सिद्धान्त बिहीन र विचार विहीन भएर सत्ताको मृगतृष्णामा पानी खोजेको हरिण भएको छ ।
एमाले नेता केपी ओलीका हिजोआजका क्रियाकलाप र अभिव्याक्ति सुन्दा यस्तो लाग्छ, आजको वितण्डा र विग्रहमा उनको हातन छैन । उनी एकदमै ओभाना छन् सारा विग्रह र विनासमा उनको कुनै जिम्मेवारी छैन । यो प्रसंगमा समाजवादी नेता स्व. राममनोहर लोहियाको एउटा प्रसग मलाई सम्झना आयो । गोवा प्रान्तमा समाजवादीको सरकार थियो, जनताको सानो विद्रोहमा प्रान्तीय सरकारले गोली चलायो । लोहियाको तर्क थियो । जनताको भोटाबट बनेको सरकारले जनतालाई गोली चलाउन पाइँदैन । यो नैतिक जिम्मेवारी प्रान्तीय सरकारले लिनुपर्छ । लोहियाजी समाजवादी नेता उनकै पार्टीको सरकार त्यो सरकार विघटन गरियो , त्यस्तो नैतिकता आज कहाँ छ ?
सत्ता र सिद्धान्तको विवाद भयो भने सिद्धान्तलाई निश्चित रुपले प्राथमिकता दिनुपर्छ । सरकार बनाएर लुटतन्त्र गर्ने छुट सिद्धान्तले दिदैंन रुपले प्राथमिकता दिनुपर्छ । सरकार बनाएर लुटतन्त्र गर्ने छुट सिद्धान्छले दिदैंन । अब यो प्रश्नमा अनेक तर्क कुतर्क हुन सक्छन् हाम्रो नजिकैको भारतको एउटा प्रान्तको उदाहरण लिए पुग्छ पश्चिम बंगाल वामपन्थी राजनीतिको ठूलो प्रयोगशाला बन्यो र सतापिपासाले त्यो तहस नहस भयो । नक्सलाइट र कम्युनिस्टले पश्चिम बगांललाई कवाडी बनाए । नेपालमा आज त्यो रोग सरेको छ । हिजोआज ममता बनर्जिले ट्रयाकमा ल्याउने प्रयास गर्दैछन् ।
समाजवादी क्रान्तिको एउटै मोडल र एउटैै परिभाषा छैन आफ्नो देश त्यसको समाज, त्यहाँका जनताका साथै अन्र्तराष्ट्रिय वातावरण सबै हेर्नुपर्ने हुन्छ । महिलाहरुले प्रयास नगरेका त होइनन् । जर्मनी कि समाजवादी नेता रोजा लक्जमवर्गले त्यत्रो प्रयास गरिन्, रुसको क्रान्ति सम्पन्न भएपछि लेलिनले जुन प्रकाररले शक्ति केन्द्रीकृत गरेर चलाए, त्यसको उनले विरोध गरिन । सत्ता केन्द्रीकृत गरेर समाजवादी क्रान्ति हुनै सक्दैन सत्ताको कारण इमानारी पूर्वक विकेन्द्रित गर्नुपर्छ । लेलिनले त्यो कुरा सुनेनन् कि मानेनन् आखिर रुसमा स्टानीनको तानाशाही चल्यो कालान्तरमा रुस पनि टुक्रियो । नेपालको बामपन्थले सही दिसा लिन सकेन । पुष्पलाल र मनमोहनको पथलाई यसले छोडिदियो । मदन भण्डारीको जनताको बहुदलिय जनवादलाई पनि मदन र आश्रितसँगै नारायणीमा बगायो । अहिले ओलीको वितण्डावाद छ ।
नेपाली कांग्रेसमा बीपीले अनेक कोणबाट लोकतन्त्र र समाजवालाई विश्लेषण गर्नुभएको छ । एसीयाली समाजवादी सम्मेलन मानै बीपीको व्याक्तित्व राष्ट्रिय स्तरबाट माथि उठिसकेको थियो । वर्मामा तत्कालीन परराष्ट्र मन्त्री र समाजवादी नेता उवास्वेले बीपीको मुरिमुरि प्रशंसा गरेका छन् । पछि त जर्मनीका चान्सलर बिलीब्रान्ट पनि बीपीका भक्त भए ।संक्षिप्त सूत्र रुपमा नेपाली कांग्रेसलाई बीपीले दिनुभएको सूत्र सजिलो छ ।
राष्ट्रिय एकताका लागि नेपालमा राजतन्त्रको आवश्यकता छ । धेरै नै नेपालका राजा र चौटालाई एक गरेर पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए । सुगौली सन्धिले त्यसलाई टुक््रयायो । लिपुलेकको पिलो बल्झिन खोज्दैट हिजोआज बीपीको सूत्र भनाँै या मन्त्र एउटै थियो र यो सूत्र हिजोआजका लागि पनि असन्दार्भिक भएको छैन । त्यो सत्य हो । राष्ट्रिय एकताका लागि नेपालमा राजतन्त्र चाहिन्छ तर विकासका लागि भने प्रजातन्त्र नै चाहिन्छ । आज नेपाली कांग्रेस विशेष गरेर सभापति देउवा किन ओलीको सति जान खोज्नुभएको छ यो बुझिनसक्नु छ ।
क्रान्तिको परिभाषा साबिक रुपमा वैचारिक परिवर्तन हो । नेपालका सन्दर्भमा मकैको खेती पनि क्रान्ति नै हो । लखन थापाको विद्रोह पनि एउटा क्रान्ति नै हो । प्रजापरिषद्को त कुरै भएन । २००७ सालको क्रान्तिले त राणाको एकसय चार वर्षका शासन समाप्त ग¥यो । तर भारतका प्रधानमन्त्री नेहरुले राजा त्रिभुवन, मातृका कोइराला मिलेर दिल्ली सम्झौता थोपरे क्रान्तिका असल नेता सबलाई लालापाखा लगाए । दोषजती बीपीको टाउकोमा हाले । नयाँ राजनिनैतिक समीकरण होलान । नेपाली कांग्रेस र कम्युनिस्टका झण्डै आधार दर्जन क्रान्तिको परिभाषा आमूल परिवर्तन हो । सबै क्षेत्रमा भारतमा लोहियाले सप्त क्रान्ति भन्नुभयो । जयप्रकाशले सम्पूर्ण क्रान्ति चाइनाको भने मलाई थाहा छैन ।