काठमाडौंं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार गरी पठाएको तलबमान मन्त्रिपरिषद्ले ६ गते अनुमोदन गर्दै कार्यान्वयनमा ल्याएको हो ।
योसँगै कर्मचारीहरूले अब न्यूनतम करिब २९ हजारदेखि अधिकतम ९० हजारमाथिसम्म तलब बुझ्नेछन् । नयाँ तलबमानअनुसार मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको मासिक तलब समान ९० हजार पाँच सय ९४ रुपैयाँ तोकिएको छ । यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार नौ सय ३२ रहेकोमा ग्रेड वृद्धिपछि कुल तलब ९० हजार पाँच सय ९४ पुगेको हो ।
यसैगरी नेपाल प्रहरीतर्फ प्रहरी महानिरीक्षकको ग्रेडदरसहित ८४ हजार पाँच सय ७६ र सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी महानिरीक्षक ग्रेडसहित ८४ हजार पाँच सय ७६ रुपैयाँ छ । यसरी प्रहरी र सशस्त्रका प्रहरी महानिरिक्षकको मासिक तलब बराबर रहेको छ । त्यस्तै रापत्राङ्कित (राप) विशिष्ट सचिवको तलब मासिक ८४ हजार पाँच सय ७६, सचिव (पेन्सन प्रायेजन) को ६६ हजार पाँच सय ३९, राप प्रथम श्रेणीको ७७ हजार ४० रुपैयाँ, राप द्वितीय श्रेणाीको ७१ हजार चार सय ८१ र राप तृतीयको ६४ हजार ७८ तोकिएको छ । राजपत्र अनङ्कित प्रथम (अ.मा. पेन्सन प्रयोजन)को लागि ४१ हजार पाँच सय १७, राजपत्र अनङ्कित प्रथम ५३ हजार चार सय ७९, राजपत्र अनङ्कित द्वितीय (अ.मा. पेन्सन प्रयोजन)को लागि ३७ हजार चार सय सात, राप अनङ्कित द्वितीय ५० हजार छ सय ६४, राप अनङ्कित तृतीय ३९ हजार चार सय ८१, राप अनङ्कित चतुर्थ ३६ हजार तीन सय ३८ कायम भएको छ ।
यसैगरी हेभी सवारी चालकको क्रमशः पाँचौँ स्तरको ५४ हजार आठ सय ६१, चतुर्थ स्तर ४९ हजार छ सय ३४, तृतीय स्तर ४६ हजार नौ सय ११, द्वितीय स्तर ४१ हजार पाँच सय ६१, प्रथम स्तर ३७ हजार ६१, हलुका सवारी चालक क्रमशः पाँचौँ स्तरको ५२ हजार पाँच सय ५४, हलुका सवारी चालक चतुर्थ स्तर ४६ हजार नौ ११, तृतीय स्तरको ४१ हजार पाँच सय ६१, द्वितीय स्तर ३७ हजार ६१ र प्रथम स्तरको ३४ हजार चार सय २१ कायम भएको छ ।
त्यस्तै हल्काराहरूको क्रमशः पाँचौँ स्तरको ४२ हजार दुई सय ३५, चतुर्थ स्तरको ३६ हजार ४१, तृतीय स्तरको ३४ हजार १७, द्वितीय स्तरको ३२ हजार एक सय ५६ र प्रथमस्तरको ३० हजार छ सय दुइ कायम भएको छ । हुलाकीहरूको क्रमशः प्रथम स्तर ४१ हजार तीन सय पाँच, चतुर्थ स्तरको ३५ हजार एक सय ६४, तृतीय स्तरको ३२ हजार छ सय ९६, द्वितीय स्तरको ३० हजार आठ ४६ र प्रथम स्तरको २९ हजार पाँच सय ५० कायम भएको छ ।
नयाँ तलबमान अनुसार सबैभन्दा कम तलब मासिक २८ हजार नौ सय ८४ प्रथम स्तरका कार्यालय सहयोगीको हुनेछ । कार्यालय सहयोगीहरू क्रमशः पाँचौँ स्तर ४० हजार नौ सय ६२, चतुर्थ स्तरको ३४ हजार आठ सय ८१, तृतीय स्तरको ३२ हजार तीन सय ९७, द्वितीय स्तरको ३० हजार छ सय दुई र प्रथम स्तरको २८ हजार नौ सय ८४ कायम भएको छ । सरकराले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको नयाँ तलबमान गरेको हो । नयाँ तलबमान, एक दिनको तलब बराबरको ग्रेड रकम, तथा तलबवृद्धिपश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत कायम गरिएको छ ।
सुरक्षा निकायको नयाँ तलबमान
सरकारले सुरक्षा निकायअन्तर्गत रहेको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि नयाँ तलबमान कायम गरेको छ । जसमा प्रधान सेनापतिको मासिक तलब ९० हजार पाँच सय ९४ रुपैयाँ कायम हुँदा प्रधान सेनापतिपछि रथीको मासिक तलब ८६ हजार आठ २७ रुपैयाँ, उपरथीको ८५ हजार नौ सय ५८ रुपैयाँ, सहायक रथीको ७८ हजार दुई सय २० रुपैयाँ तथा महासेनानीको ६९ हजार नौ रुपैयाँ रहेको छ ।
त्यस्तै, प्रमुख सेनानीको मासिक तलब ६७ हजार नौ सय २३ रुपैयाँ, सेनानीको ६२ हजार तीन सय १५ रुपैयाँ, सह–सेनानीको ५९ हजार पाँच सय ३७ रुपैयाँ, उप–सेनानीको ५५ हजार ५९ रुपैयाँ र सहायक सेनानीको ५० हजार ५१ रुपैयाँ तोकिएको छ । अधिकृत क्याडेटले मासिक ४७ हजार नौ सय ६० रुपैयाँ तथा मानार्थ सह–सेनानीले ४७ हजार छ सय तीन रुपैयाँ तलब पाउनेछन् । मानार्थ उप–सेनानीको तलब ४६ हजार छ सय २८ रुपैयाँ, प्रमुख सुबेदारको ४५ हजार ९८ रुपैयाँ र सुबेदारको ४७ हजार एक सय १४ रुपैयाँ रहेको छ ।
यसैगरी, जमदारको मासिक तलब ३७ हजार छ सय ४८ रुपैयाँ, हुद्दागण (हुद्दा)को ३६ हजार आठ सय ९७ रुपैयाँ, अमलदारको ३७ हजार एक सय १३ रुपैयाँ, प्यूठ र सिपाहीको समान ३६ हजार तीन सय ३८ रुपैयाँ तथा नन–कम्ब्याटेन्टको ३६ हजार दुई सय ३२ रुपैयाँ कायम गरिएको छ ।
सबैभन्दा कम तलब रिक्रुट दर्जाका सैनिकले पाउने भएका छन् । उनीहरूको मासिक तलब २७ हजार एक सय ७२ रुपैयाँ रहेको छ । सेनाका पाइलट तथा विभिन्न प्राविधिक र सहायक सेवाअन्तर्गतका कर्मचारीहरूको मासिक तलबमान भने ९० हजार मािथ रहेको पाएइन्छ । जसमा पाइलट उपरथीको मासिक तलब ९० हजार आठ सय आठ रुपैयाँ कायम गरिएको छ भने सहायक रथीको तलब ९० हजार सात सय ६३ रुपैयाँ कायम गरिएको छ । तलबमानअनुसार महासेनानीले मासिक ८१ हजार दुई सय रुपैयाँ, प्रमुख सेनानीले ८१ हजार पाँच सय ३४ रुपैयाँ तथा सेनानीले ८२ हजार एक सय ३२ रुपैयाँ तलब पाउनेछन् । सह–सेनानीको तलब ७२ हजार ६२ रुपैयाँ र उप–सेनानीको ६९ हजार एक सय ९१ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, वरिष्ठ सुबेदारको मासिक तलब ५९ हजार ६५ रुपैयाँ, सुबेदारको ४९ हजार पाँच सय ४९ रुपैयाँ, जमदारको ४७ हजार तीन सय एक रुपैयाँ, हुद्दाको ३८ हजार सात सय १२ रुपैयाँ तथा अमलदारको ३८ हजार छ सय ६२ रुपैयाँ कायम गरिएको छ । फलोअर्स सेवाअन्तर्गत पाँचौँ स्तरको मासिक तलब ४१ हजार तीन सय दुई रुपैयाँ, चतुर्थ स्तरको ३४ हजार आठ सय ८१ रुपैयाँ, तृतीय स्तरको ३२ हजार तीन सय ९७ रुपैयाँ, द्वितीय स्तरको ३० हजार छ सय दुई रुपैयाँ तथा प्रथम स्तरको २८ हजार नौ सय ८४ रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल प्रहरीतर्फ महानिरीक्षक र प्राविधिक अतिरिक्त महानिरीक्षकको मासिक तलब समान ८४ हजार पाँच सय ७६ रुपैयाँ कायम गरिएको छ । तलबमानअनुसार प्राविधिक नायब महानिरीक्षकले मासिक ७३ हजार सात सय ५० रुपैयाँ, प्राविधिक वरिष्ठ उपरीक्षकले ७० हजार सात सय ९४ रुपैयाँ, प्राविधिक उपरीक्षकले ६७ हजार ९२ रुपैयाँ तथा प्राविधिक नायब उपरीक्षकले ६२ हजार पाँच सय ४६ रुपैयाँ तलब पाउनेछन् । त्यस्तै, प्राविधिक निरीक्षकको तलब ५५ हजार ५९ रुपैयाँ, प्राविधिक वरिष्ठ नायब निरीक्षकको ५२ हजार छ सय १३ रुपैयाँ, प्राविधिक नायब निरीक्षकको ४७ हजार एक सय १४ रुपैयाँ तथा प्राविधिक सहायक निरीक्षकको ४४ हजार पाँच सय ७६ रुपैयाँ निर्धारण गरिएको छ ।
प्राविधिक वरिष्ठ हवल्दारको मासिक तलब ३७ हजार छ सय ४८ रुपैयाँ, प्राविधिक हवल्दारको ३७ हजार चार सय ५७ रुपैयाँ, प्राविधिक सहायक हवल्दारको ३७ हजार एक रुपैयाँ तथा प्राविधिक जवानको ३६ हजार तीन सय ३८ रुपैयाँ कायम गरिएको छ । रिक्रुटको मासिक तलब २७ हजार एक सय ७२ रुपैयाँ तोकिएको छ । यस्तै, प्रहरी कार्यालय सहयोगीको अधिकतम मासिक तलब ४० हजार ९६२ रुपैयाँ र न्यूनतम २८ हजार नौ सय ८४ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै सुरक्षा निकायअन्तर्गत सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को मासिक तलब समान ८४ हजार पाँच सय ७६ रुपैयाँ कायम गरिएको छ । तलबमानअनुसार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले मासिक ७३ हजार सात सय ५० रुपैयाँ, वरिष्ठ उपरीक्षक (एसएसपी)ले ७० हजार सात ९४ रुपैयाँ, उपरीक्षक (एसपी)ले ६७ हजार ९२ रुपैयाँ तथा नायब उपरीक्षक (डीएसपी)ले ६२ हजार पाँच सय ४६ रुपैयाँ तलब पाउनेछन् ।
त्यस्तै, सशस्त्र प्रहरी निरीक्षकको मासिक तलब ५८ हजार ६९ रुपैयाँ, वरिष्ठ नायब निरीक्षकको ५२ हजार छ सय नौ रुपैयाँ, नायब निरीक्षकको ४५ हजार आठ सय ४१ रुपैयाँ तथा सहायक निरीक्षकको ४४ हजार पाँच सय ७६ रुपैयाँ निर्धारण गरिएको छ । अन्य दर्जातर्फ वरिष्ठ हवल्दारको मासिक तलब ३७ हजार छ सय ४८ रुपैयाँ, हवल्दारको ३७ हजार चार सय ५७ रुपैयाँ, सहायक हवल्दारको ३७ हजार एक रुपैयाँ र जवानको ३६ हजार तीन सय ३८ रुपैयाँ तोकिएको छ । रिक्रुट (श्रेणीविहीन) को मासिक तलब २७ हजार एक सय ७२ रुपैयाँ कायम गरिएको छ भने फलोवर्स (सयस समेत)ले मासिक ३६ हजार दुई सय ३२ रुपैयाँ पाउनेछन् । यसैगरी, प्रहरी कार्यालय सहयोगीको अधिकतम ४० हजार नौ सय ६२ रुपैयाँ र न्यूनतम २८ हजार नौ सय ८४ रुपैयाँ तोकिएको छ ।
स्वास्थ्य सेवा, संसद् सेवा र सामुदायिक विद्यालयका शिक्षकको नयाँ तलबमान
सरकारले स्वास्थ्य सेवा, संघीय संसद सेवा तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान कायम गरेको छ । सार्वजनिक विवरणअनुसार स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहको मासिक तलब ८४ हजार पाँच सय ७६ रुपैयाँ कायम गरिएको छ भने संसद सेवाका विशिष्ट कर्मचारीको तलब पनि समान ८४ हजार पाँच सय ७६ रुपैयाँ तोकिएको छ ।
संसद् सेवाका राजपत्राङ्कित विशिष्ट कर्मचारीको मासिक तलब ८४ हजार पाँच सय ७६ रुपैयाँ, प्रथम श्रेणीको ७७ हजार ४० रुपैयाँ, द्वितीय श्रेणीको ७१ हजार चार सय ८१ रुपैयाँ, अतिरिक्त सचिव (पेन्सन प्रयोजन) को ६६ हजार पाँच सय ३९ रुपैयाँ तथा तृतीय श्रेणीको ५० हजार ९३ रुपैयाँ कायम गरिएको छ ।
राजपत्र अनङ्कित कर्मचारीतर्फ प्रथम (अ.मा.)को मासिक तलब ४१ हजार पाँच सय १७ रुपैयाँ, प्रथमको ५३ हजार चार सय ७९ रुपैयाँ, द्वितीय (अ.मा.)को ३७ हजार चार सय सात रुपैयाँ, द्वितीयको ५० हजार छ सय ६४ रुपैयाँ, तृतीयको ३९ हजार चार सय ८१ रुपैयाँ तथा चतुर्थको ३६ हजार तीन सय ३८ रुपैयाँ निर्धारण गरिएको छ । हेभी सवारी चालकको अधिकतम ५४ हजार आठ सय ६१ रुपैयाँ देखि ३७ हजार ६१ रुपैयाँ तोकिएको छ । हलुका सवारी चालकहरूको अधिकतम ५२ हजार पाँच सय ५४ रुपैयाँ देखि न्यूनतम ३४ हजार चार सय २१ रुपैयाँ तोकिएको छ । यसैगरी कार्यालय सहयोगीहरूको अधिकतम ४० हजार नौ सय ६२ रुपैयाँ देखि न्यूनतम २८ हजार नौ सय ८४ रुपैयाँ तोकिएको छ ।
त्यस्तै स्वास्थ्य सेवाका अधिकृत एघारौँ तहको मासिक तलब ७३ हजार एक सय ९३ रुपैयाँ, अधिकृत दशौँ तहको ७० हजार सात सय ९४ रुपैयाँ, अधिकृत नवौँ तहको ६५ हजार तीन सय ४७ रुपैयाँ, अधिकृत आठौँ तहको ६० हजार सात सय ५५ रुपैयाँ, अधिकृत सातौँ तहको ५७ हजार नौ सय ५५ रुपैयाँ तथा अधिकृत छैटौँ तहको ५३ हजार ३४ रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै सामुदायिक विद्यालयका माध्यमिक प्रथम श्रेणी शिक्षकको मासिक तलब ७४ हजार नौ सय ५८ रुपैयाँ, द्वितीय श्रेणीको ६७ हजार नौ सय सात रुपैयाँ तथा तृतीय श्रेणीको ६३ हजार नौ सय चार रुपैयाँ कायम गरिएको छ । निम्न माध्यमिकतर्फ प्रथम श्रेणी शिक्षकको तलब ५९ हजार एक सय चार रुपैयाँ, द्वितीय श्रेणीको ५५ हजार ५६ रुपैयाँ तथा तृतीय श्रेणीको ४५ हजार आठ सय ४१ रुपैयाँ निर्धारण गरिएको छ । प्राथमिक तहमा एसएलसी उत्तीर्ण प्रथम श्रेणी शिक्षकको मासिक तलब ५० हजार ९३ रुपैयाँ, द्वितीय श्रेणीको ४५ हजार आठ सय ४१ रुपैयाँ, तृतीय श्रेणीको ४३ हजार चार सय २८ रुपैयाँ, दुई विषयसम्म एसएलसी अनुत्तीर्ण शिक्षकको ३६ हजार चार सय ४५ रुपैयाँ तथा दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण शिक्षकको ३४ हजार छ सय दुई रुपैयाँ कायम गरिएको छ ।