काठमाडौं, दिवाकर गोल्छा अर्गनाइजेसनले आफ्ना संस्थापक स्वर्गीय दिवाकर गोल्छाको ७३औँ जन्मजयन्ती तथा संस्थापक दिवसका अवसरमा देशभर विभिन्न सामाजिक कार्यक्रम तथा कर्मचारी सम्मानका कार्यक्रम आयोजना गरेका छ ।
अर्गनाइजेशनले बुधवार एक प्रेस विज्ञप्ति जारी गरि स्वर्गीय दिवाकर गोल्छाको ७३औँ जन्मजयन्तीमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिएको हो । औद्योगिकीकरण, उद्यमशीलता र स्वदेशमै रोजगारी सिर्जनामा स्वर्गीय दिवाकर गोल्छाले पु¥याएको योगदानको सम्मानस्वरूप संस्थाले प्रत्येक वर्ष संस्थापक दिवस मनाउँदै आएको जनाएको छ । यस वर्ष पनि उद्योगका उत्पादन स्थल, काठमाडौंस्थित कर्पोरेट कार्यालय तथा अन्य शाखाहरूमा विशेष कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाले संस्थापक दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको जनाएको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ भने वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम पनि सञ्चालन गरिएको छ । यसैगरी स्थानीय विद्यालय तथा वृद्धाश्रममा भोजन वितरण गरिएको र कीर्तिपुर अस्पताललाई डायलाइसिस उपकरण हस्तान्तरण गरिएको अर्गनाइजेसनले जनाएको छ ।
स्वर्गीय दिवाकर गोल्छाको औद्योगिकीकरण र रोजगारी विस्तारको परिकल्पनाअनुरूप देशका विभिन्न स्थानमा जस्तापाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, एल्युमिनियम, स्टिल युटेन्सिल, जीआई, कपर वायर तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने उद्योग स्थापना गरिएको विज्ञेप्तीमा उल्लेख छ । ती उद्योगमार्फत हाल करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको संस्थाको दाबी छ ।
अर्गनाइजेशनका अनुसार नेपालको पहिलो स्टिल उद्योगका रूपमा स्थापित हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले ४५ वर्षको यात्रामा स्वदेशमै गुणस्तरीय जस्तापाता उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्र तथा रोजगारी प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ । दिवाकर गोल्छा फाउन्डेशनमार्फत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोग र अन्य परोपकारी कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएको अर्गनाइजेसनले जनाएको छ ।