काठमाडौ, भारतीय अटोमोबाइल बजारमा उल्लेखनीय चर्चा र सफलता पाएको सिएरा ईभी नेपालमा पनि सार्वजानिक गर्ने तयारी गरिएको छ । टाटा मोटर्सको विद्युतीय एसयूभी सिएरा ईभीलाई आगामी नाडा अटो शो २०२६ मा नेपाली बजारका लागि औपचारिक रूपमा सार्वजनिक गर्न लागिएको हो । काठमाडौंमा भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो हुँदैछ । नेपाल भित्रिनुअघि नै यो मोडलप्रति नेपाली अटो पारखीमाझ चासो बढेको कम्पनीको दाबी छ ।
सिएरा ईभीलाई अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र फ्युचरिस्टिक डिजाइनमा आधारित विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार गाडीमा दमदार रोड प्रेजेन्स, उच्च ब्याट्री रेन्ज तथा मजबुत निर्माण शैलीलाई प्राथमिकता दिइएको छ । सिएरा ईभीले विद्युतीय सवारीको बढ्दो प्रतिस्पर्धामा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ । नेपाली सडकको अवस्था र आधुनिक चालकको आवश्यकतालाई ध्यानमा राखेर यसको बजार प्रवेश गराइएको कम्पनीको भनाइ छ । भारतीय बजारमा यो ईभीले बिक्री तथा बुकिङमा उल्लेखनीय सफलता हासिल गरेको कम्पनीको दाबी छ ।