काठमाडौं, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका पूर्व अध्यक्ष आशिस श्रेष्ठ रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष बासुदेव आर्चाय र सदस्यहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले बिहीबार श्रेष्ठलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । श्रेष्ठसहित दिपक भट्ट र सुलभ अग्रवालसहित ३४ जना विरुद्ध जेठ २८ गते विशेष अदालतमा सम्पत्ति सुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको थियो ।