काठमाडौं, पद्म ज्योति ग्रुपअन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
रसुवागढी बाढी पीडितलाई राहत तथा पुनर्स्थापनार्थ सहयोग पुर्याउने उद्देश्यले कम्पनीले सो सहयोग गरेको हो । नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनी प्रालिले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि योगदान गरेको जनाएको छ । ‘यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायको साथमा छौँ ।
राहत, तथा पुनर्स्थापनाको काममा सकारात्मक योगदान पुर्याउनु कम्पनीको उद्देश्य हो’, कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विपत्तिपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारी तथा विभिन्न सरोकारवाला निकायहरुले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले प्रभावित समुदायको सामान्य जीवन पुनर्स्थापनाका लागि सामूहिक प्रयासको महत्वमा जोड दिएको छ ।