काठमाडौँ, भोटेकोशी बाढीमा एक हजार ४५७ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ः०० बजेसम्मको विवरण हो।
बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै प्रहरी प्रधान कार्यालयले रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको मृत्यु भएको जनाएको छ।
सङ्कलन भएका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३५ शव व्यवस्थापन गरिएको छ। एक हजार ४३८ शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। बाढीपछि चार हजार ७२० जना बेपत्ता छन्। यसैगरी, बाढीबाट विस्थापित एक हजार २३१ जनालाई विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ।