काठमाडौं, माछापुच्छ्रे बकैंले हालै रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनःस्थापनाका लागि नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन के.सी ले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन । बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले आफ्नो तर्फबाट उक्त सहयोग गरेको हो । उक्त विनाशकारी विपत्ति लगत्तै बैंकले प्रभावित नागरिकको लागि खाद्यान्न, ओड्ने ओछ्याउनेलगायतका दैनिक उपभोग्य राहत सामग्रीहरू यसअघि नै उपलब्ध गराइसकेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन तथा पुनःस्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायका लागि राहत तथा सहयोग प्रदान गर्दै आएको छ । साथै आगामी दिनमा पनि बैंकले समुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।