काठमाडौं, शंकर ग्रुपले राष्ट्रिय विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार करोड रुपैयाँ सहयोग गरेको छ । शंकर ग्रुपका निर्देशक दीपा अग्रवालसहित वरिष्ठ व्यवस्थापन टोलीले सोमबार अर्थमन्त्रीलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
ग्रुपले विपद्को तेस्रो दिन नै गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकका लागि २५ लाख रुपैयाँबराबरका दुई हजार ५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराएको जनाएको छ । विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले आर्थिक तथा सामग्री सहयोग गरिएको शंकर ग्रुपले जनाएको छ ।
ग्रुपले उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी अधिकारीप्रति समेत आभार व्यक्त गरेको छ ।