काठमाडौं, शेयर बजारमा सुधार देखिएको छ । अघिल्लो दिन ४३ दशमलव ८९ अंकले खुम्चिएको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार नौ दशमलव २४ अंकले उकालो लागेर २५ सय २२ दशमलव ६६ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नैै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७२ अंकले उकालो लागेर चार सय ४६ दशमलव १६ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४१ वटा कम्पनीहरुको ४८ हजार तीन सय ४१ पटकको कारोबारमा ७६ लाख १३ हजार छ सय ८१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम दुई अर्ब ९० करोड ६९ लाख ४३ हजार छ सय ३३ रुपैैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा उत्पादनमुलक उपसमुहको सुचक ओरालो लागेको छ । यि बाहेक बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।