काठमाडौं, हिमालयन बैंक लिमिटेडद्वारा यही भदौ १० गते बिहान रसुवा जिल्ला भई बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्य्रानसहितको बाढीबाट भोटेकोशी र त्रिशूली नदी किनारका तथा अन्य प्रभावितहरूको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रभावितहरूको उद्धार, सहायता तथा पुनःस्थापनाका लागि तीन करोड एक लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले बैंक तथा बैंक परिवारहरूलाई अत्यन्तै मर्माहित बनाएको छ र यस दुःखद् घडीमा प्रभावित सबैमा धैर्य धारण गरी आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न बैंक सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ । बैंक यस विपद्को समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।