बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमा ४६ अर्ब ८० करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा १८ दशमलव ८९ प्रतिशत अर्थात् आठ अर्ब १० करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा ३८ अर्ब ७९ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा हिमालयन बैंकमा कुल छ अर्ब २३ अर्ब ८५ लाख ९० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिँदा नेपाल एसबीआई बैंकमा पनि कुल एक अर्ब ३५ करोड ८५ लाख १० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ ।
यस अवधिमा यस अवधिमा एभरेष्ट, एनआईसी एसिया र माछापुच्छे« बैंकमा पनि क्रमशः ५१ करोड ५८ लाख ६० हजार, चार अर्ब १७ करोड ७१ लाख ४० हजार र ६५ करोड पाँच लाख ६० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ र कृषि विकास बैंकमा पनि चालू आवको पछिल्लो ११ महिनाको अवधिमा क्रमशः दुई अर्ब ४५ करोड १८ लाख २० हजार, दुई अर्ब ४४ करोड ३२ लाख, ८६ करोड ६९ लाख ७० हजार र एक अर्ब ३८ करोड ६८ लाख १० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ ।

राष्ट्र बैंकका अनुुसार चालू आवको जेठ मसान्तसम्ममा ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम कमर्सियल बैंकमा पनि क्रमशः पाँच अर्ब ८९ करोड ११ लाख ७० हजार, एक अर्ब ५७ करोड ६२ लाख ५० हजार र एक अर्ब ५७ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । एनएमबी, प्रभु र सानिमा बैंकमा पनि चालू आवको पछिल्लो ११ महिनाको अवधिमा क्रमशः दुई अर्ब एक करोड ७७ लाख ५० हजार, एक अर्ब ९६ करोड ७३ लाख ५० हजार र एक अर्ब २२ करोड २१ लाख ९० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा पनि चालू आवको पछिल्लो अवधिमा क्रमशः २३ करोड ३६ लाख ५० हजार र ३१ करोड चार लाख ४० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ ।
चालू आवको जेठ मसान्तसम्ममा नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि क्रमशः तीन अर्ब ३८ करोड ७८ लाख ९० हजार र चार अर्ब ७० करोड ३२ लाख २० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यस अवधिमा स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा भने गैरबैंकिङ सम्पत्तिको अनुपात शून्य देखिएको छ ।