काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ५० न्यायाधीशसहित जिल्लाका एक सय ५७ न्यायाधीशहरूको सरुवा गरेको छ । बिहीबार बसेको न्याय परिषद् बैठकले न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
न्याय परिषद्ले सरुवा गरेको न्यायाधीशहरूबाट न्याय सम्पादनमा काविल मानिएका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष बनाएको छ । यसअघि आचार्य उच्च अदालत तुलसीपुरमा कार्यरत थिए ।
सरुवा हुने उच्च अदालतका अन्य न्यायाधीशहरूमा यमुना भट्टराई उच्च अदालत पाटन, हेटौंडा इजलासबाट उच्च अदालत पोखरा, बागलुङ इजलास, विपुल न्यौपाने उच्च अदालत विराटनगर, इलाम इजलासबाट उच्च अदालत तुलसीपुर, बुटवल इजलास, नातिबाबु लामिछाने उच्च अदालत पोखरा, बागलुङ इजलासबाट उच्च अदालत विराटनगर, इलाम इजलास, सुदर्शन देव भट्ट उच्च अदालत जनकपुर (काजः अध्यक्ष विशेष अदालत) बाट उच्च अदालत सुर्खेत, जनक पाण्डे उच्च अदालत सुर्खेत (काजः अध्यक्ष, श्रम अदालत)बाट उच्च अदालत पाटन, हेटौंडा इजलास, बासुदेव आचार्य उच्च अदालत तुलसीपुर, बुटवल इजलास (काजः सर्वोच्च अदालत) बाट उच्च अदालत तुलसीपुर, डा. शान्ता सेढाई सापकोटा उच्च अदालत दिपायल, महेन्द्रनगर (काजः अध्यक्ष, वैदेशिक रोजगार न्यायाधिकरण)बाट उच्च अदालत दिपायल (दरबन्दी मात्र सारिएको), धुवराज नन्द उच्च अदालत विराटनगरबाट उच्च अदालत पाटन, टंकप्रसाद गुरुङ उच्च अदालत पाटनबाट उच्च अदालत विराटनगर, धनकुटा इजलास, हरिप्रसाद पौडेल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजबाट उच्च अदालत पोखरा, राज्यलक्ष्मी बज्राचार्य उच्च अदालत विराटनगर (काजः उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगा)बाट उच्च अदालत जनकपुर, राजविराज इजलास, रमेश ढकाल उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट उच्च अदालत जनकपुर, राजविराज इजलास, श्री नारायणप्रसाद पौडेल उच्च अदालत पाटन, हेटौंडा इजलास (काजः सदस्य, विशेष अदालत)बाट उच्च अदालत जनकपुर, राजविराज इजलास (दरबन्दीमात्र सारिएको), नीलम पौडेल उच्च अदालत तुलसीपुर, बुटवल इजलास (काजः उच्च अदालत पाटन, हेटौंडा इजलास)बाट उच्च अदालत पाटन, हेटौंडा इजलास, विमल सुवेदी उच्च अदालत विराटनगरबाट उच्च अदालत जनकपुर, डालकुमार खड्का उच्च अदालत पाटनबाट उच्च अदालत तुलसीपुर, बुटवल इजलास, किरणकुमार पोखरेल उच्च अदालत विराटनगर, इलाम इजलासबाट उच्च अदालत पाटन, हेटौंडा इजलास, श्री सुदर्शनराज पाण्डे उच्च अदालत पोखराबाट उच्च अदालत जनकपुर, दीपेन्द्र अधिकारी उच्च अदालत पोखराबाट उच्च अदालत सुर्खेत, राजुराम सिलवाल उच्च अदालत जनकपुरबाट उच्च अदालत पाटन, मेरिना श्रेष्ठ उच्च अदालत पोखराबाट उच्च अदालत विराटनगर, रेखा थापा पाण्डे उच्च अदालत विराटनगर, इलाम इजलासबाट उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज, किरणकुमारी गुप्ता उच्च अदालत पाटन, हटौंडा इजलासबाट उच्च अदालत जनकपुर, राजविराज इजलास, ममता खनाल उच्च अदालत पाटन, हेटौंडा इजलासबाट उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज, जगदीश घिमिरे उच्च अदालत जनकपुरबाट उच्च अदालत पाटन, हेटौंडा इजलास, सागर विष्ट उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट उच्च अदालत जनकपुर, निर्मला शाक्य उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजबाट उच्च अदालत जनकपुर, खडानन्द तिवारी उच्च अदालत पाटनबाट उच्च अदालत तुलसीपुर, बुटवल इजलास, कृष्णराम कोइराला उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजबाट उच्च अदालत पोखरा, काजीबहादुर राई उच्च अदालत विराटनगर, इलाम इजलासबाट उच्च अदालत जनकपुर, राजविराज इजलास, नारायण प्रसाद रेग्मी । उच्च अदालत जनकपुर, राजविराज इजलास (काजः उच्च अदालत विराटनगर)बाट उच्च अदालत विराटननगर, सुशिल कोइराला उच्च अदालत जनकपुर, राजविराज इजलासबाट उच्च अदालत दिपायल, अचुतम कुमार आचार्य उच्च अदालत जनकपुर, राजविराज इजलासबाट उच्च अदालत पाटन, विष्णुप्रसाद अर्याल उच्च अदालत विराटनगरबाट उच्च अदालत पाटन, सूर्यप्रसाद पराजुली उच्च अदालत पाटनबाट उच्च अदालत पोखरा, डण्डपाणि शर्मा उच्च अदालत पोखरा, बागलुङ इजलासबाट उच्च अदालत तुलसिपुर, बुटवल इजलास, उमेश कोइराला उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज (काजः सदस्य, विशेष अदालत)बाट उच्च अदालत पाटन (दरबन्दीमात्र सारिएको) मातृकाप्रसाद भण्डारी उच्च अदालत सुर्खेतबाट उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास, नरबहादुर खड्का उच्च अदालत तुलसीपुरबाट उच्च अदालत तुलसिपुर, बुटवल इजलास, सरला मोक्तान उच्च अदालत जनकपुर, राजविराज इजलासबाट उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज, नरेशकुमार चौधरी उच्च अदालत दिपायल (काजः उच्च अदालत जनकपुर, राजविराज इजलास)बाट उच्च अदालत जनकपुर, राजविराज इजलास, माधव घिताल उच्च अदालत जनकपुर, राजविराज इजलासबाट उच्च अदालत पाटन, हरिराज कार्की उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजबाट उच्च अदालत पाटन, तेजनारायण पौडेल उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट उच्च अदालत पोखरा, बागलुङ इजलास, दलबहादुर केसी उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासबाट उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज, प्रकाशचन्द्र अधिकारी उच्च अदालत दिपायल (काजः उच्च अदालत विराटनगर)बाट उच्च अदालत विराटननगर, उद्धवप्रसाद भट्टराई उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट उच्च अदालत पाटन, खड्गराज अधिकारी उच्च अदालत दिपायलबाट उच्च अदालत विराटनगर, कोमलबहादुर खत्री उच्च अदालत सुर्खेतबाट उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज र श्यामकुमार विश्वकर्मा उच्च अदालत दिपायल (काजः उच्च अदालत विराटनगर, इलाम इजलास)बाट उच्च अदालत विराटनगर, इलाम इजलासमा सरुवा भएका छन् ।