काठमाडौं, कृषि विकास बैंक लिमिटेडका ग्राहकले अब बैंकको आधिकारिक मोबाइल बैंकिङ एप ‘एडीबीएल स्मार्ट प्लस’ मार्फत डिशहोमका विभिन्न सेवा सहजै नवीकरण गर्न सक्ने भएका छन् । यो सुविधासँगै ग्राहकलाई घरमै बसेर मोबाइलबाटै डिशहोमको सेवा शुल्क भुक्तानी तथा टपअप गर्न सहज हुने बैंकले जानकारी दिएको छ ।
नयाँ व्यवस्था अनुसार ग्राहकले एडीबीएल स्मार्ट प्लस एप प्रयोग गरी डिशहोम इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टेलिभिजनको संयुक्त प्याकेज र डिशहोम डीटीएच टेलिभिजन सेवाको नवीकरण गर्न सक्नेछन् । यो सुविधाले सेवा नवीकरणका लागि सम्बन्धित काउन्टर वा अन्य भौतिक स्थानमा पुग्नुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ । मोबाइल एपबाटै भुक्तानी गर्न सकिने भएकाले ग्राहकले समयको बचत गर्दै आफ्ना सेवा निरन्तर सञ्चालन गर्न सक्नेछन् । डिशहोमका अनुसार यो सेवा २४ सै घण्टा अर्थात् सातै दिन उपलब्ध हुनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार जुनसुकै समयमा मोबाइल एपबाट टपअप गरी सेवा नवीकरण गर्न सक्नेछन्। यसले व्यस्त दैनिकी भएका ग्राहकलाई विशेष सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएको अवस्थामा बैंकिङ एपबाटै टेलिभिजन तथा इन्टरनेट सेवाको शुल्क भुक्तानी गर्न सकिने सुविधाले ग्राहकलाई थप सहजता प्रदान गर्नेछ । साथै, सेवा नवीकरण प्रक्रियालाई सरल र छरितो बनाउँदै डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ । डिशहोमले ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्ने विकल्प उपलब्ध गराउँदै आएको जनाएको छ ।
कृषि विकास बैंकको एडीबीएल स्मार्ट प्लस एपबाट भुक्तानी गर्न सकिने नयाँ सुविधासँगै ग्राहकले अन्य प्रचलित डिजिटल भुक्तानी माध्यमबाट समेत आफ्ना डिशहोम सेवाको नवीकरण गर्न सक्ने व्यवस्था यथावत् रहेको कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो आवश्यकता र सुविधाअनुसार उपयुक्त भुक्तानी माध्यम छनोट गर्न सक्नेछन् । सेवा नवीकरण, उपलब्ध प्याकेज तथा अन्य सुविधासम्बन्धी विस्तृत जानकारीका लागि डिशहोमको ग्राहक सेवा केन्द्र वा आधिकारिक डिजिटल माध्यमबाट सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
डजिटल प्रविधिको विस्तारसँगै बैंकिङ सेवा र दैनिक उपभोगका सेवाबीचको सहकार्यले भुक्तानी प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ । एडीबीएल स्मार्ट प्लसबाट डिशहोमको सेवा नवीकरण गर्न सकिने सुविधाले ग्राहकलाई छिटो, सरल र सुविधाजनक डिजिटल भुक्तानीको विकल्प उपलब्ध गराएको बैंकको भनाई छ ।