काठमाडौं, शेयर बजारको लगातारको उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन ३१ दशमलव ५४ अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार पाँच दशमलव ४५ अंकले ओरालो लागेर २६ सय ९० दशमलव १५ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५४ अंकले ओरालो लागेर चार सय ८७ दशमलव ६६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४८ वटा कम्पनीहरुको ७४ हजार ५४ पटककको कारोबारमा दुई करोड २८ लाख ६२ हजार पाँच सय ५४ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार एक सय ४५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, निर्जीवन बीमा, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, फाईनान्स, होटल तथा पर्र्यटन, लगानी, उत्पादनमुलक र लघुवित्त उपसमुहको सुचक ओरालो लागेका छन् ।