काठमाडौं, जेरोना डर्माले बजार प्रवेश गरेको एक वर्षमै सात नयाँ उत्पादन बजारमा ल्याएको छ । जेरोना वेलनेस प्रा.लि.ले छालाको स्याहार तथा सुरक्षालाई लक्षित गर्दै उत्पादन विस्तार गरेको हो ।
कम्पनीका अनुसार बजारमा थपिएका नयाँ उत्पादनमा छालाको वरिपरिको भागको स्याहार गर्ने क्रिम, छालाको चमक बढाउन प्रयोग गरिने सीरम, घामबाट छाला जोगाउने क्रिम तथा डन्डीफोरको स्याहारका लागि प्रयोग गरिने सीरम रहेका छन् । यसैगरी छालालाई नरम र ओसिलो राख्ने क्रिम, छालाको स्याहारका लागि प्रयोग गरिने टोनर तथा मृत छालाका कोष हटाउन मद्दत गर्ने फेसवास पनि बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
एक वर्षअघि १० उत्पादनसहित नेपाली बजारमा प्रवेश गरेको जेरोना डर्माले नयाँ उत्पादन थप्दै आफ्नो बजार उपस्थिति विस्तार गरेको हो । नेपाली उपभोक्ताको छालाको स्याहार तथा सुरक्षालाई ध्यानमा राखेर उत्पादनहरू बजारमा ल्याइएको कम्पनीले जनाएको छ । जेरोना डर्मा चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ८’ को छाला स्याहार साझेदारसमेत रहेको छ । नेपाली संगीत क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले उक्त कार्यक्रममा साझेदारी गरिएको कम्पनीले जनाएको छ ।