काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन: उकालो लागेको छ । अघिल्लो दिन ११ दशमलव ९३ अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार पुन २२ दशमलव ८५ अंकले उकालो लागेर २६ सय ४७ दशमलव २२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३२ अंकले उकालो लागेर चार सय ७१ दशमलव शुन्य सात बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४५ वटा कम्पनीहरुको ६४ हजार ७२ पटकको कारोबारमा दुई करोड १२ लाख ७२ हजार सात सय ६१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब ७४ करोड ५६ लाख ३१ हजार छ सय सात रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र अन्य उपसमुहको सुचक खुम्चिएपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।