काठमाडौं, याङ्गोले आफ्नो याङ्गो डेलिभरी कार्गो सेवामार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री निःशुल्क ढुवानी गर्न सहयोग गरेको छ । यस पहलमार्फत रसुवा, धादिङ र नुवाकोटका प्रभावित समुदायमा एक हजारभन्दा बढी मानिससम्म राहत सामग्री पुर्याउन सहयोग पुगेको कम्पनीले जनाएको छ ।
भोटेकोसी बाढीपछि राहत कार्य सुरु भएदेखि नै याङ्गोले आवश्यक ढुवानी सहयोग उपलब्ध गराउँदै आएको छ । राहत तथा उद्धार कार्य जारी रहेकाले याङ्गोले आफ्नो डेलिभरी सेवामार्फत सहयोगलाई निरन्तरता दिएको छ । यस्तै सेप्टेम्बर २ मा याङ्गोका फिलट पार्टनर इजी राइड नेपालले आफ्नो स्थानीय समुदायमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा याङ्गोका नेतृत्व टोली, याङ्गो प्रमुख सन्तोष पाण्डे, चालक साझेदार, साझेदार संस्था तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो । याङ्गोले आफ्नो डिजिटल प्लेटफर्ममार्फत नागरिकहरूलाई प्रधानमन्त्री रााहत कोषमा प्रत्यक्ष सहयोग गर्न पनि सहज बनाएको जनाएको छ ।