काठमाडौं, नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर ल्याएको छ ।
अफरअन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइनेछ । यस अफरअन्तर्गत ४९९ रुपैयाँमा (करसहित) अनलिमिटेड लाइट ४९९ प्याकेज प्राप्त गर्न सकिनेछ । यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ । ५ जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि ६९९ रुपैयाँ (करसहित) अनलिमिटेड प्रो ६९९ प्याकेज उपलब्ध गराएको छ । यस प्याकेजअन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ । १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुको हकमा रेन्टल चार्ज समेत प्याकेजमा समावेश गरिएको कम्पनीको भनाइ छ ।
अफर शुक्रबारदेखि आइतबारसम्म (तीन दिन) उपलब्ध हुनेछ । अफर प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट स्टार१४१५स्टार११ ह्याक्स डायल गर्न वा नेपाल टेलिकम एपको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।