काठमाडौं, झापा जिल्लाको झापा गाउँपालिका–५ सिमलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३० मिलिग्रामसहित बिर्तामोड नगरपालिका–२ सोमबारे बस्ने २५ वर्षीय सनम शेर्मा लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शरणामती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका–९ भवानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने प्रेम बहादुर गुरूङसमेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले प्रेम बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१४ बस्ने २७ वर्षीय दयाराम हरिजन र ३० वर्षीय भरत दरै रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्साको पर्सागढी नगरपालिका–३ बस्ने ६० वर्षीय गोरे लामालाई अवैध लागूऔषध गाँजा करिब ४० किलोग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले गोरेको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा करैयामाई गाउँपालिका–३ बजनी टोल बस्ने २२ वर्षीय सरोज कुमार यादव र २१ वर्षीय विशाल गुप्ता रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३–०३७ प ६०३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ नयाँ बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ ग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१२ बस्ने २४ वर्षीय अभिषेक भुलोन, मनहरी गाउँपालिका–३ डोढे बस्ने २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा.प्र.०३–००३ प ७८१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुलसहित पर्वत कुश्मा नगरपालिका–२ बस्ने २५ वर्षीय राजकुमार विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणढबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.०१–००१ ख ००८४ नम्बरको ईभी माइक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–५ डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका ३२ वर्षीय सन्दिप उपाध्यायलाई नियन्त्रित लागूऔषध डाइजेपाम ११ एम्पुल, बुप्रेनोर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुलसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–६ बाट नियन्त्रित लागूऔषध फेनारगन ८ एम्पुल र डाइजेपाम ८ एम्पुलसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–६ सुन्दर नगर बस्ने २९ वर्षीय कृष्ण थापा र २३ वर्षीय केशव उपाध्याय रहेका छन् । प्रहरी बिट अमरथबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१५ जानकी टोलस्थित खाजा चौतारी रेस्टुरेन्ट एन्ड क्याफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्रामसहित सोही रेस्टुरेन्टमा काम गर्ने रूकुम पश्िचम त्रिवेणी गाउँपालिका–८ घर भएका २३ वर्षीय वीर बहादुर खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उक्त रेस्टुरेन्ट तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङको उर्लाबारी नगरपालिका–२ बल्लु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय सुक राज दर्जी र २२ वर्षीय सुदिप धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सुक राजको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम र सुदिपको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ प्रगती टोल बस्ने ३७ वर्षीय हिक्मत खड्काको नास्ता पसलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५१ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले हिक्मतको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।