काठमाडौं, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लिमिटेडले यही भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढी पीडितको लागि कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमबाट ५१ लाख रुपैयाँ नगद रकम प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने निर्णय गरेको हो ।
त्यसैगरी, कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सामूहिक रूपमा जम्मा रकम ११ लाख नगद रकम योगदान निर्णय गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै यस कम्पनी संकटको घडीमा सधँै साथ रहने वाचासहित यो रकम प्रदान गर्दछ ।
रसुवा जिल्लामा आएको भोटेकोशी बाढीले भोग्नु परेको यस कठिन परिस्थितिको सामना गरिरहेको यस दुःखद्को समयमा कम्पनीको यो सहयोग मात्र नभई दुःखमा परेका प्ररिवारहरूप्रतिको साथ र सहानुभूतिको सानो प्रयास मात्र हो । कम्पनीले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रलाई पर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको घडीमा अग्रपंक्तिमा रहेर सहयोग गर्दै आइरहेको जानकारीसमेत गराएको छ ।