बारा, पचरौता नगरपालिका–७ बाट अवैध लागूऔषध गाँजा १ सय ३९ किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी श्रीनगर बैरिया समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले ९ वटा पोकाहरू फाली फरार भए पश्चात् प्रहरीले उक्त पोकाहरू तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।