तेहरान, इरानी परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे आफ्ना टर्की र साउदी समकक्षीहरूसँग टेलिफोनमा कुराकानी गरेको इरानी समाचार संस्था (इर्ना)ले आइतबार जनाएको छ ।
सिन्ह्वाका अनुसार विदेशमन्त्री अराघचीले शनिबार राति टर्कीका विदेशमन्त्री हाकान फिदान र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदसँग अलग–अलग द्विपक्षीय मुद्दाहरू र पछिल्ला क्षेत्रीय विकासबारे छलफल गरेको रिपोर्टमा उल्लेख छ । तीनै विदेशमन्त्रीहरूले पश्चिम एशिया क्षेत्रमा स्थिरता प्रवर्द्धन गर्न र संयुक्त राज्य अमेरिकाको ‘आक्रामक कार्यहरू’का कारण हर्मुज जलमार्गमा उत्पन्न असुरक्षालाई सम्बोधन गर्न भइरहेका कूटनीतिक प्रयासहरूको प्रगतिबारे पनि परामर्श गरेको रिपोर्टमा जनाइएको छ ।
यी कुराकानीहरू शनिबार बिहानै इरान र संयुक्त राज्य अमेरिकाबीच भएका समुद्री झडपहरूपछि भएका हुन् । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले शनिबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनेको थियो, ‘इरानको ‘इस्लामिक रेभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)’ले क्षेत्रीय जलमार्गमा गस्ती गरिरहेका दुई अमेरिकी नौसेना युद्धपोतहरूतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि’ अमेरिकी सेनाले तीन वटा इरानी कच्चा तेल ढुवानी गर्ने जहाजहरूमा प्रहार गरेको छ ।’
सेन्टकमले भनेको अगाडि भनेको छ, ‘एक अमेरिकी विमानवाहक पोत र निर्देशित मिसाइल युक्त डिस्ट्रोयरले धेरै अव्यवस्थित इरानी आक्रमणहरू सफलतापूर्वक छलेका छन् । कुनै पनि अमेरिकी कर्मचारी घाइते भएनन् ।’ इरानी नोसेनाले पछि अमेरिकी प्रहारहरूको पुष्टि गर्दै हर्मुज जलमार्गमा तीनवटा तेल ट्यांकरहरू र अन्यत्र तीनवटा अमेरिका सम्बद्ध जहाजहरूलाई प्रतिशोधस्वरूप निसाना बनाएको बताएको छ ।
आईआरजीसीले आइतबार बिहानै आफ्नो आधिकारिक समाचार माध्यम सेपा न्यूजमार्फत प्रकाशित वक्तव्यमा भनेको छ, ‘यसका एयरोस्पेस फोर्सहरूले अघिल्ला घण्टाहरूमा एक अमेरिकी विमानवाहक युद्धपोत र एक डिस्ट्रोयरमाथि धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरेका थिए । ती जहाजहरूले इरानी जहाजहरूलाई दुःख दिएको र इरानविरुद्धको नौसेना नाकाबन्दीमा सहभागी भएको आरोप इरानको छ ।’
आईआरजीसीले यसका नौसेना फोर्सहरूले हर्मुज जलमार्गको संरक्षित क्षेत्रमा प्रवेश गर्न खोजेको एक अमेरिकी आर्मीको पार्किङ गरी राखिएको जहाजमाथि पनि आक्रमण गरेको बताएको छ । फेब्रुअरी २८मा अमेरिका–इजरायली प्रहारहरूपछि तेहरानले हर्मुज जलमार्गबाट आवागमनमा प्रतिबन्ध लगाएको थियो भने अमेरिकी सेनाले इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा आउने–जाने जहाजहरूलाई निसाना बनाएर नौवहनमा नाकाबन्दी लगाएको थियो ।