काठमाडौं, शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसुचक १८ दशमलव शुन्य सात अंकले उकालो लागेर २५ सय ६० दशमलव ८४ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४६ अंकले उकालो लागेर चार सय ५३ दशमलव ९६ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५२ वटा कम्पनीहरुको ५० हजार आठ सय ४४ पटकको कारोबारमा ९२ लाख ९८ हजार ९४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ८३ करोड १५ लाख ८४ हजार चार सय २३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये फाईनान्स र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।