काठमाडौँ, नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले प्रोटोन इ–मास ५ का लागि ‘रिडिफाइन योर एभ्रिडे’ नामक ‘टीभीसी फिल्म सार्वजनिक गरेको छ ।
कम्पनीले प्रोटोन इ–मास ५ नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो । कम्पनीले ‘रिडिफाइन योर एभ्रिडे’ को अवधारणालाई स्थापित गर्नका लागि टीभीसी फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरू प्रस्तुत गरेको छ । प्रोटोन इ–मास ५ ले हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकहरूबाट उच्चतम चासो तथा बुकिङ हासिल गरेको थियो ।
प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध प्रोटोन इ.मास ५ मा रियर–ह्विल ड्राइभ, जि–ट्र्याक्सन कन्ट्रोल, सामान भण्डारण गर्ने ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडी टचस्क्रिन र भेहिकल–टु–लोड (भि–टु–एल) क्षमता जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन् । चारै कथाहरूको अंश समेटिएको मुख्य टीभीसी फिल्म सार्वजनिक भएसँगै, आउँदा हप्ताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्महरू प्रोटोन नेपालका डिजिटल प्लेटफर्महरूमार्फत क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।