काठमाडौं, यही भदौ १० गते रसुवासहित देशको विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सहयोगका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रकम सहयोग गरेको छ ।
कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै ५१ लाख तथा संचालक र कर्मचारीहरूको २१ लाख रुपैयाँ योगदानसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा ७२ लाख रुपैयाँको एकमुस्ट रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले दिवङ्गत आत्माहरूप्रति श्रद्धासुमन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको छ ।