काठमाडौं, मनकामना केबलकारका कर्मचारीहरूले रसुवा बाढी प्रभावितहरुलाई आर्थिक सहयोग गरेका छन् । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उनीहरुले दुई दिनको तलबबराबरको रकम सहयोग गरेका हुन् ।
कर्मचारीहरूको तर्फबाट संकलित तीन लाख ११ हजार दुई सय २२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ । उक्त रकम एभरेस्ट बैंक लिमिटेडको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो ।
मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ । कर्मचारीहरूको यस योगदानले बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा केही सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।