काठमाडौं, शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्से परिसुचक १५ दशमलव ४३ अंकले ओरालो लागेर २५ सय ४५ दशमलव ४० बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६१ अंकले ओरालो लागेर चार सय ५२ दशमलव ३४ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५२ वटा कम्पनीहरुको ५० हजार आठ सय चार पटकको कारोबारमा एक करोड नौं लाख ६५ हजार पाँच सय ४२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै देखिएको छ ।