काठमाडौं, मोटोरोला एज ७० फ्युजन स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । मोटोरोलाले ललितपुरमा आयोजित विशेष कार्यक्रममा सो स्मार्टफोन सार्वजनिक गरेको हो । मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एस.सी. साबुले संयुक्त रूपमा स्मार्टफोन सार्वजनिक गरेका थिए ।
कम्पनीका अनुसार मोटोरोला एज ७० फ्युजनमा ५० मेगापिक्सेलको सोनी–एलवाईटी ७१० क्यामेरा, मोटो एआई, ७ हजार एमएएच ब्याट्री र ६८ वाट टर्वो पावर चार्जिङ प्रविधि उपलब्ध छ । फोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको १.५ के क्वाड–कभ्र्ड डिस्प्ले र ५,२०० निट्ससम्मको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ । स्मार्टफोन प्रिमियम फेब्रिक फिनिस तथा पानटोनद्वारा छनोट गरिएका विभिन्न रङ विकल्पमा उपलब्ध हुने जनाइएको छ । यो फोनको सुरुवाती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।