काठमाडौं । शेरबहादुर देउवाको निर्वाचित नेतृत्वलाई जेनजी विद्रोहको मौका छोपेर विशेष महाधिवेशनको नाममा अपदस्थ गरेर नेतृत्व हत्याएका गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसमा फर्जी क्रियाशील सदस्यताको विवाद भएको छ । नेपाली कांग्रेसको दशौं महाधिवेशन अघि तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाले निर्वाचित जिल्ला सभापतिहरूलाई पदबाट हटाएर आफू अनुकुल व्यक्तिहरूलाई क्रियाशील सदस्यता बाँडेर महाधिवेशन गराउन खोज्दा भएको क्रियाशील सदस्यता विववरणको विवादको घाउ अहिले पनि त्यस्तै गरी बझ्नि पुगेको हो ।निर्वाचित सभापति देउवाको नेतृत्व अपदस्थ गरेर सभापति बनाइएका कांग्रेसका कनिष्ठ सदस्यहरूमध्येका चार चण्डाल भनेर चिनिने गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरु घिमिरेको समूहले नेपाली कांग्रेसको नाममा गत ३ गतेदेखि गराएको वडा अधिवेशनमा अधिकांश स्थानमा कांग्रेसका क्रियाशील सदस्यहरूको न्युन उपस्थितिका कारण निर्वारोध रूपमा इकाइएको नेतृत्व चयन भएको थियो र त्यसलाई सस्तो प्रचार बाजीका लागि सर्वसम्मत रूपमा नेतृत्व चयन भएको भनिएको छ ।
अधिवेशनमा एकाध स्थानमा झडप, कुटाकुट भएका समाचार पनि आएका छन् भने विवादकै कारण कतिपय ठाउँमा अधिवेशन स्थगित पनि हुन पुगेका छन् । बदल्यौं कांग्रेस, बदल्छौँ देश भन्ने नारा लिएर अघि बढेको नव आगन्तुकहरूको गठजोडको रूपमा गगन नेतृत्वको कांग्रेसले यही असोज १६ देखि १९ गतेसम्म महाधिवेशन, सम्पन्न गर्ने गरी तल्ला तहका अधिवेशन गर्दै आएको छ । अपदस्थ गरिएको केन्द्रीय नेतृत्वले माग नलिएकाले पनि विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गरेर आएको थापा समूहले महाधिवेशनलाई पार्टी नेतृत्वमा वैधानिकता लिने अवसरको रूपमा लिएको छ ।

अर्कोको आड भरोसासम्म जंगे शैलीमा गरिएको र विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अपदस्था गरेर नेतृत्व कब्जा गरेका थापाले महाधिवेशनबाट त्यसलाई ढाकछोप गरेर वैधानिकताको लेप लगाउने कोसिस गरिरहेका बेला भएको वडा अधिवेशनमा पनि फर्जी क्रियाशील सदस्यताको विवाद भएको छ । उक्त विवाद निष्ठासँग जोडिएको देउवा पक्षलाई निमिठ्यान्न पार्ने उद्देश्यले क्रियाशील सदस्य बनाइएकाले भएको हो कि गगन पछि मेरो मालो भनेर मुख मिठ्याइरहेका वैगुनी बाहुन भनेर चिनिएका विश्वप्रकाश शर्माले भित्रभित्रै आफ्नो पक्ष बलियो बनाउनका लागि गोप्य रुपमा सदस्यता दिएकाले भएको हो त्या चाहि समयले नै बताऊला तर अहिले नै चाहिँ वडा एकाइ अधिवेशन गर्ने समयभन्दा केही घण्टाअघि मात्र काठमाडौं महानगरपालिकाको एउटा वडामा पुगेको नयाँ क्रियाशील सदस्यहरूको सूचीका कारण भएको विवादलाई सिंगो कांग्रेसी अधिवेशनमा भएको क्रियाशील विवादको उदाहरणका रूपमा यहाँ प्रस्तुत गरिएको छ ।

घटनाक्रम हो–काठमाडौं महानगर पालिका वडा नं १८ को गएको ३ गते एकाइ अधिवेशन तोकिएको थियो । अधिवेशनस्थल तोकिएको ठाउँमा फाट्ट फुट्ट क्रियाशील सदस्यहरू आउन थालेका थिए । अधिवेशन गराउने जिम्मेवारी पाएका व्यक्तिहरू पनि आइपुगे । त्यतिवेला एकाइ सभापति हेराकाजी प्रजापति बेलैमा उपस्थित थिए । त्यस वडामा १०९ जना क्रियाशील सदीय थिए तर तीमध्ये नगण्ढ सदस्य मात्र त्यहाँ उपस्थित भएका थिए । केही क्रियाशील सदस्यता त्यतैबाट तर्किँदै तर्किँदै हिँडेको पनि देखिएको थियो । उपस्थित हुन अत्यन्त कम क्रियाशील सदस्यहरूमा पनि पुराना कांग्रेस र महिलाको संख्या अत्यन्त कम थियो, उपस्थित हुनेमध्ये अधिकांश नव कांग्रेस थिए । अधिवेशन गराउने जिम्मा पाएका अधिवक्ता कुमार भट्ट आएसँगै मतदाता नामावली तयार भयो र त्यसमा पुराना १०९ जना र नयाँ क्रियाशील सदस्य ६४ जना रहेको देखियो ।

त्यसपछि नयाँ सदयका बारेमा विवाद भयो । ती नयाँ क्रियाशील सदस्यहरूमध्ये त अधिकांसलाई एकाइ सभापति प्रजापतिले नै नचिनेको बताउँछन् । उनका अनुसार ती व्यक्तिलाई क्रियाशील सदस्यता दिन एकाइले सिफारिस गरको छैन र उनीहरूलाई क्रियाशील सदस्यता दिएको एकाइलाई थाहा पनि छैन । त्यतिबेलाका एकाइ सभापति प्रजापतिका अनुसार नयाँ क्रियाशील सदस्यता दिएको भनिएका व्यक्तिहरू वडा नंवर १८ को बासिन्दा पनि होइनन् । उनका अनुसार उनीहरू कांग्रेस हुन् कि को हुन् थाहा पनि छैन ।
जंगे कांग्रेसका सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेलले हस्ताक्षर गरेर डा. अधिवेशन सुरु हुनै लाग्दा पठाइएको फर्जी क्रियाशील सदस्यहरूको सूचीमा रहेका ६४ जनामध्येमा अष्टमाया महर्जन प्रजापति, अस्तमाया महर्जन प्रजापति, आशिषरत्न शाक्य, इन्द्रलाला सिंह, उपेन्द्र श्रेष्ठ, उमेश बहादुर श्रेष्ठ, कमला नकर्मी, कान्छा महर्जन, गंगामान महर्जन, गजेन्द्र मान मानन्धर, जनक कुमारी घौमडेल, जीतेन्द्र महर्जन, डिल्लीराज नकर्मी तारा महर्जन, दिनेश प्रजापति महर्जन, दिनेश महर्जन, दिपक मुल्मी श्रेष्ठ, दिपेश शाक्य, नवीन मानन्धर, न्युच्छेनारायण प्रजापति, पद्मा मानन्धर, पुरुषोतमलाल सिंह सुवाल, प्रसिद्धरत्न चुलाधार, बुद्रीराम मानन्धर, बाबुकाजी महर्जन, बाबुकाजी महर्जन, बासुकृष्ण वैद्य, विद्या शाक्य, भगवान महर्जन, माचाभाई महर्जन प्रजापति, मिलन वैद्य, यमन ताम्राकार, रमेश महर्जन, रमेश रत्न शाक्य, राज महर्जन, राजेन्द्र महर्जन, राकेश तुलाधार, राजेश शाही , राजेश श्रेष्ठ, राम महर्जन, रेविका डंगोल, रोशनि कनौजिया, विलियम घौमडेल, शर्मिला महर्जन, प्रजापति, शान्ति शाक्य, शिलुकाजी महर्जन, सनम राजक, सनिस खपम श्रेष्ठ, सपना खपज श्रेष्ठ, सपना जोन्छे श्रेष्ठ, सविना महर्जन, सरिन हमाल, सरोज कनाजिया (रजक) सुमित प्रजापति सुरेन्द्र बहादुर श्रेष्ठ, सुरेन्द्र महर्जन, सृष्टि राय, सोनी डंगोल महर्जन, श्याम कृष्ण श्रेष्ठ र श्याम महर्जन रहेका छन् ।
त्यो फर्जी क्रियाशीलको सदस्यहरूको १०९ जनाको सूचीमा रहेका नामसँग मिल्दो जुल्दो नाम र ठेगाना रहेको छ र त्यसबाहेक यही सूचीमा पनि थर परिवर्तन गरेर नाम दोहोर्याइएको पाइको छ । २७ जना फर्जी क्रियाशीलको नाम रहेको पहिलो पानामा प्रदीप पौडेलको मात्र हस्ताक्षर रहेको छ र त्यसमा गगन थापाको नाम र हस्ताक्षर समेत नरहेको पाइएको छ । नेपाली कांग्रेसका तत्कालीन सर्वप्रिय नेता पीएल सिंहले दशैँ महाधिवेशनमा यसैगरि फर्जी क्रियासील सदस्यको सूची खडा गरेर अधिवेशन गर्दा विरोध गरेका थिए र पार्टीमा स्वर्गवासी नेता सिंहले गरेको उजुरी अहिले पनि टुंगो नलागेको मुद्दाका रुपमा रहेका छ । अलिहे त्यही गिरिजा शलीमा जंगे कांग्रेसका चार चण्डालले फर्र्जी क्रियाशील खडा गरेर कांग्रेस कब्जालाई वैधानिकताको लेप लगाउने प्रयास गरेका छन् ।