काठमाडौं, नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले चाडपर्व अफर ल्याएको छ । कम्पनीले ‘फेस्टिभ अफर होन्डाको सफर’ नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको हो । यस योजनामा ग्राहकहरूले होन्डाको नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, नयाँ कार खरिदमा १ आथिक्र वर्षको लागि सडक कर र १ आर्थिक वर्षकै लागि पूर्ण बीमा पूर्ण रुपमा निःशुल्क उपलब्ध गराइएको छ । गाडी खरिदपछिको ग्राहक अनुभवलाई अझै उत्कृष्ट र झन्झटमुक्त बनाउन कम्पनीले ५ वर्षसम्मको लागि निःशुल्क सर्भिसिङ र १ वर्षको लागि निःशुल्क सडक सहायताको विशेष व्यवस्थासमेत गरेको छ ।
त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होन्डा कार लिन चाहने ग्राहकहरूका लागि सजिलो तथा अन–द–स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ गाडी खरिदलाई आर्थिक रुपले थप सहज बनाउन स्याकार हायर पर्चेज र एन आईसी एसिया बैंक सँगको सहकार्यमा आकर्षक र निकै कम ब्याजदरमा सजिलो फाइनान्सिङको सुविधा पनि यस अफरमा समावेश गरिएको छ । कम्पनीका अनुसार योजना छठ पूजा अर्थात् नोभेम्बर १६, २०२६ (सोमबार) सम्म देशभरका होन्डा कार शोरुमहरूमा लागू हुनेछ । कम्पनीका अनुसार यस योजनाअन्तर्गत होन्डा कार खरिद गर्दा नियम तथा सर्तहरू लागू हुनेछन् ।