काठमाडौं, नेपाली अभिनेत्री वर्षा सिवाकोटीले नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६ मा एमजी एस६ बुकिङ गरेकी छिन् । पारामाउण्ट मोटर्सअन्तर्गत रहेको हल बि, स्टल एल२ मा रहेको एमजीको स्टलमा पुगेर सवारीसाधनको अवलोकन गरेपछि उनले बुकिङ गरेकी हुन् ।
आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम इलेक्ट्रिक मोबिलिटी बाट प्रभावित हुँदै सिवाकोटीले उक्त मोडल रोजेकी हुन् । बुकिङको अवसरमा एमजी एसमीलका अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन प्रतिनिधि महमद फहाद दराईले उनलाई गाडीको साँचो हस्तान्तरण गरे । यसैबीच, नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६ मा एमजीले एमजी यू९ ईभी र एमजी एचएस एचईभी/पीएचईभी गरी दुई नयाँ मोडलसमेत सार्वजनिक गरेको छ ।
नयाँ मोडलहरूको सार्वजनिकसँगै प्रदर्शनीमा एमजीका सवारीसाधनप्रति आगन्तुकहरूको आकर्षण थप बढेको छ । कम्पनीले एक्स्पोमा नयाँ मोडलहरूको अवलोकन तथा विशेष अफरहरूको लाभ लिन पनि आग्रह गरेको छ ।