काठमाडौं, सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो संस्थापक सेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम एक सय २५ रुपैयाँ तोकेको बैंकले जानकारी दिएको छ । हाललाई उक्त सयेर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको छ ।
उक्त सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जानकारी दिएको छ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकको भनाइ छ ।