काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो तथा जेठो संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारणसभाबाट भरतजंग पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
निर्वाचनबाट भरतजंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा दीकी शेर्पा र सह–कोषाध्यक्षमा जीवन कोइराला निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले नेपालको पर्यटन तथा भ्रमण व्यवसायको विकास, पर्यटन व्यवसायीको हकहित संरक्षण तथा पर्यटन क्षेत्रका समसामयिक चुनौती समाधानका लागि प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय रहँदै आएको नाट्टाको नयाँ नेतृत्वले पर्यटन व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।