काठमाडौं, महालक्ष्मी विकास बैंकले यही असोज एक गतेदेखि असोज चार गतेसम्म काठमाडौं, भृकुटीमण्डपमा सञ्चालन भइरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा सहभागिता जनाएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भइरहेको उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घर÷जग्गाा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गर्नेछ । ग्राहकहरुको आवश्यकताअनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ बैंकले सहभागिता जनाएको हो ।
हाल विकास बैंकहरुमा सबैभन्दा प्रतिस्पर्धी ब्याजदरमा घर÷जग्गाा खरिद तथा घर निर्माण कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्नेछ । यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्नेछ । भाद्र महिनाको लागि हाल बैंकको आधार दर पाँच दशमलव ६४ प्रतिशत रहेको छ जसको प्रत्यक्ष लाभ घर÷जग्गाा खरिद तथा घर निर्माण कार्यको लागि कर्जा लिने ग्राहकहरुले लिन सक्नेछन् ।
महालक्ष्मी विकास बैंकमार्फत कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. ए २१ मा गई सम्पर्क गर्न सक्नेछन् । प्रर्दशनीमा बैंकका प्रतिनिधिहरुले ग्राहकसँग प्रत्यक्ष अन्तक्र्रिया गरी कर्जा प्रक्रिया तथा विभिन्न बैकिङ्ग सुविधाहरु बारे आवश्यक जानकारी तथा परामर्श प्रदान गर्नेछन् । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै मात्र काठमाडौं, ज्ञानेश्वरमा कफि लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।