काठमाडौँ, लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काइवेल’लाई एलआरआर मोटर्सले नेपाल ल्याएको छ । एलआरआरले बीई ११ मोडलका स्काइवेल ईभी नेपाल ल्याएको हो ।
कम्पनीले अहिले दुई भेरियन्ट नेपाल ल्याएको जानकारी दिएको छ । यी ईभी नाडा अटो शो २०२६ को पहिलो मंगलबार औपचारिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । सोमबार उत्पादक कम्पनी स्काइवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी र अटोमोबाइल्स प्रेमीहरुका बीचमा औपचारिक रुपमा स्काइवेलको लोगो अनावरण गरेका छन् ।
कम्पनीका अनुसार ७१ दशमलब ९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई११ ले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ । साथै, ५१ दशमलव ९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीइ११ ले एक पटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिनेछ । यो ईभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ ।