न्युयोर्क । अमेरिकामा बसोबास गर्ने सम्पूर्ण ठकुरीहरूको एकता, सांस्कृतिक, भाषिक रक्षा तथा आपसी हित प्रवर्धनका लागि स्थापना गरिएको दर्शन ठकुरी समाजले सातौँ साधारणसभासहितको वनभोज कार्यक्रम विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै भव्यरुपमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नेपालको कला संस्कृतिलाई विश्वसामु चिनाउने बरिष्ठ रंगमञ्च कलाकार एवं निर्देशक तथा साहित्यकार वीरेन्द्र हमाल र न्युयोर्कमा नेपाली खानाको प्रचार गर्दै सञ्चालन गरिएको नेपाली भान्साघरका सञ्चालक विमला हमाल श्रेष्ठलाई न्युयोर्क टाइम्सको १०० वटा रेस्टुरेन्टको सूचीमा ६७ औँ स्थान प्राप्त गरी नेपाल र नेपालीको गौरव बढाएवापत सम्मान गरिएको छ ।
दर्शन ठकुरी समाजका अध्यक्ष मिलनकुमार शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यव्रmममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना तथा बधाई दिएका थिए । स्याङ्जा समाज अन्तर्राष्ट्रिय सहयोग समितिका पूर्वअध्यक्ष वीरेन्दजंग केसी, एनआरएन न्युयोर्कका अध्यक्ष बासु लामिछाने लगायतले शुभकामना व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन रेशम शाहले गरेका थिए भने नरेन्द्र शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष मिलनुकमार शाहीले कार्यक्रमको निमन्त्रणा स्वीकार गरी आउनुभएका सबै पाहुनालगायत ठकुरी परिवार र स्वयंसेवकलाई हृदयदेखि धन्यवाद ज्ञापन गरेका थिए ।


