काठमाडौँ, सुजुकी नेपालले टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहितको ‘न्यू ब्रेजा’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखी तयार पारिएको यो एसयूभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र सर्वथा नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो ।
न्यू ब्रेजा मंगलबादेखि भदौ १४ गतेसम्म चल्ने नाडा अटो शोको सुजुकी प्याभिलियन, स्टल ए८२ मा प्रदर्शनमा रहने कम्पनीले जनाएको छ । प्रदर्शनीस्थलबाट ग्राहकले गाडी अवलोकन तथा टेस्ट ड्राइभ बुकिङ गर्न सक्नेछन् । कम्पनीका अनुसार नयाँ ब्रेजामा ५ हजार ५०० आरपीएममा ८१ किलोवाट अधिकतम शक्ति तथा २ हजारदेखि ३ हजार ५०० आरपीएममा १७० न्यूटन–मिटर टर्क उत्पादन गर्ने टर्बो बुस्टरजेट इन्जिन प्रयोग गरिएको छ । नयाँ ब्रेजामा प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रविधिसहितको के१५सी ड्युअल जेट, ड्युअल भीभीटी इन्जिनको विकल्प पनि उपलब्ध छ । यसमा नयाँ ६–स्पिड म्यानुअल तथा प्याडल सिफ्टरसहितको ६–स्पिड स्वचालित ट्रान्समिसन विकल्प दिइएको कम्पनीले जनाएको छ । गाडीमा २५.६५ सेन्टिमिटर अर्थात् १०.१ इन्चको टचस्क्रिनसहितको स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट प्रणाली राखिएको छ । इनबिल्ट इन्टरनेट कनेक्टिभिटी, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, प्रिमियम स्पिकर र ६४ रङको एम्बियन्ट लाइटिङ पनि उपलब्ध छन् ।
सुरक्षातर्फ ब्लाइन्ड स्पट वार्निङ, लेन चेन्ज अलर्ट, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल र एक्जिट सपोर्ट वार्निङलगायतका फिचर समावेश गरिएको छ । तीनवटा नयाँ भ्युसहितको ३६० डिग्री क्यामेरा तथा अगाडि–पछाडिका पार्किङ सेन्सर पनि गाडीमा छन् । नयाँ ब्रेजामा स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार तथा स्किड प्लेट, परिमार्जित ड्युअल–टोन साइड क्ल्याडिङ र नयाँ प्रिसिजन–कट अलोय ह्विल प्रयोग गरिएको छ । भित्री भागमा ड्युअल–टोन इन्टेरियर, लेदरेट सिट, भेन्टिलेटेड फ्रन्ट सिट, पीएम २.५ फिल्टरसहितको एयर प्युरिफायर तथा एयर क्वालिटी डिस्प्ले र वायरलेस स्मार्टफोन चार्जर उपलब्ध छन् । नयाँ मोडलमा भाइभेसियस अरेन्ज र लस्ट्रस बेज गरी दुई नयाँ रङ थपिएका छन् । यसबाहेक पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट रङमा पनि गाडी उपलब्ध हुनेछ ।