काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ। ग्राहकलाई सवारीसाधन खरिद प्रक्रिया सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको उक्त योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार आवश्यक कागजात तथा कर्जा प्रक्रियासम्बन्धी सम्पूर्ण आवश्यकता पूरा भएको अवस्थामा तीन कार्यदिनभित्रै कर्जा प्रवाह गरिनेछ। यस योजनाले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क तथा सरल र शीघ्र कर्जा प्रवाहको सुविधा उपलब्ध गराउने बैंकको विश्वास छ। सीमित अवधिका लागि मात्र लागू हुने यो विशेष कर्जा सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभर रहेका शाखाबाट लिन सकिने बैंकले जनाएको छ।