काठमाडौं, सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फन्डले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
सानिमा बैंक लिमिटेडको कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन र डिपोजिटरीमा सञ्चालित फन्डको योजना व्यवस्थापकको सञ्चालक समितिको भदौ पाँच गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । फन्डले आफ्नो योजनाको आकार ६७ करोड २५ लाख ३२ हजार छ सय रुपैयाँको पाँच प्रतिशतका दरले कुल तीन करोड ३६ लाख २६ हजार छ सय ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ । उक्त लाभांशमा करसमेत समावेश गरिएको छ ।
२०८३ साल असार मसान्तमा फन्डको खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ ५४ पैसा रहेको थियो । लाभांश वितरण प्रयोजनका लागि फन्डले भदौ १८ गते एक दिन इकाइधनी दर्ता किताब बन्द गर्ने भएको छ । त्यसअनुसार भदौ १७ गतेसम्म कायम रहेका इकाइधनीले उक्त नगद लाभांश प्राप्त गर्नेछन् ।