काठमाडौं, लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक र एलएस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही लक्ष्मी सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फन्डको लाभांश घोषणा भएको छ । फन्डले आर्थिक वर्ष २०८२/८३ को लागि योजनाको इकाइधनीहरूलाई चार दशमलव पाँच प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।